Header Ads

पूर्व क्रिकेट कप्तान विनोद दासले दिए सन्यास

काठमाडौं, चैत २४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले खेल जीवनबाट सन्यास लिएका छन् ।

उनी सन् २०१२ मा मलेसियामा आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ खेलेदेखि खेलाडीको रुपमा मैदान उत्रिएका थिएनन् । खेलाडीबाट सन्यास नलिँदै उनी प्रशिक्षकको रुपमा काम गरिरहेका थिए ।

नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाल क्रिकेट एकेडेमीको प्रशिक्षक बनाएको थियो ।

उनले एसिसीको लेभल ३ कोचिङको प्रमाण पत्र लिएका छन् । दास ३ महिनाअघि भएको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा सहायक प्रशिक्षको रुपमा नेपाली टोलीसँगै नामिबिया पुगेका थिए ।

दासले १७ वर्षको उमेरमा सन् २००० मा नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलेका थिए ।
Powered by Blogger.