Header Ads

किन खोसियो मिस नेपाल ‘प्रिन्सा श्रेष्ठको’ ताज !

काठमाडौं । गत वर्षकी मिस नेपाल अर्थ ‘प्रिन्सा श्रेष्ठको ‘ताज खोसिएको छ । ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले सोमबार जारी गरेको विज्ञप्तीमा उनको ताज खोसिएको औपचारिक जानकारी गराएको छ । तर उनको आइतबारदेखि लागू हुने गरि ताज खोसिएको जनाएको छ ।

 श्रेष्ठ विवादास्पद रुपमा मिडियामा  देखिएको तथा आयोजकको अनुमति नलिई विदेश गएको जस्ता क्रियाकलाप गरेकाले ताज खोसिएको विज्ञप्तिमा उल्लेखित छ ।

उनको ताज खोसिएपछि अब ‘मिस अर्थ २०१४’ कि विजेताको रुपमा सोनी राजभण्डारीलाई घोषणा गरिएको छ । सोनी ‘मिस नेपाल इन्टरनेशनल २०१४’ बन्न सफल भएकी थिइन् ।
Powered by Blogger.