Header Ads

कैटरीना हाबी हुदाँ रणवीरले छोडे फिल्म

एजेन्सी । रकाश झा निर्देशत सन् २०१० सफल चलचित्र ‘राजनीति’ मा दमदार अभिनय गरेका बलिउड अभिनेता रणवीर कपुर यसको सिक्वल ‘राजनीतति २’ मा नहुने भएका छन्।

सिक्वलमा उनका प्रेमीका कैटरीना कैफ भने इन्दु प्रताप सींहको भुमिकामा निरन्तरता दिने भएकी छन्। यस चलचित्रको यसै वर्षको अन्तिममा चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

चलचित्र ‘राजनीतति २’ यस अघि रणवीर नै मुख्य भुमिकमा देखिने पक्का भएको थियो तर हाल रणवीर अरु चलचित्रको छायांकनमा अतिनै व्यस्त भएपछि उनलेनै यस चलचित्रमा नखेल्ने औपचारिक जानकारी दिएका थिए ।

अब रणवीर यस चलचित्रमा नदेखिने भएपछि हालसम्म नायकको छनोट भने भइ नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चलचित्रमा अभिनेत्री कैटरीना कैफ केन्द्रिय भुमिका हुनेछ।

खबरका अनुसार चलचित्रको कथा इन्दुको सेरोफेरोमा घुम्ने भएकाले रणवीर चलचित्रमा नदेखिने भएका हुन्। चलचित्रको अघिल्लो श्रृखंला पौराणिक कथा महाभारतमा आधारित थियो ।
Powered by Blogger.