हाल बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी
काठमाडौं । संघीय संसद् सचिवालयले हाल प्रतिनिधिसभाको बैठक बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी गरेको छ ।
बन्दै गरेको नयाँ संसद् हलको फिनिसिङ लगायतका कार्य नसकिएकाले हाल बसिरहेकै बहुउद्देश्यीय हलबाट बजेट ल्याउने तयारी भएको हो ।
बजेट प्रस्तुत गर्नु अगाडि रिहर्सल गर्ने अभ्यास छ । रिहर्सल बिहीबार बहुउद्देश्यीय हलमै गर्ने तयारी छ ।

