Header Ads

अभिनेता हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

काठमाडौं, २५ असोज । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ ।

 शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् ।  


 पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए । 

 राजनीति, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उनले बताए । 

 उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । 

उक्त पुस्तक तयार गर्न करिव तीन बर्ष लागेको हमालले बताए ।
Powered by Blogger.