अकाउन्ट निलम्बन मुद्दा टुंग्याउन ट्रम्पलाई युट्युबले तिर्यो ३३ अर्ब रुपैयाँ
काठमाडौं, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए ।
अब युट्युबले २४.५ मिलियन डलर (करिब ३३ अर्ब नेपाली रुपैयाँ) बुझाएर मुद्दा टुंग्याएको छ ।
रिपोर्टअनुसार, यस रकममध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिने व्यवस्था गरिएको छ ।
उक्त रकमबाट ट्रम्पको योजनाअनुसार ह्वाइट हाउसमा २०० मिलियन डलर लागतको बलरूम निर्माण गरिनेछ ।
बाँकी २.५ मिलियन डलर मुद्दा हाल्ने अन्य व्यक्तिहरूलाई दिइनेछ ।
यसअघि मेटाले २५ मिलियन डलर र ट्विटर (हाल एक्स) ले १० मिलियन डलर बुझाएर ट्रम्पसँग सम्झौता गरेका थिए ।
यी सबै मुद्दाबाट ट्रम्पले अहिलेसम्म ८० मिलियन डलर अर्थात् झन्डै १० अर्ब ८८ करोड रूपैयाँभन्दा बढी प्राप्त गरिसकेका छन् ।