Header Ads

नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौँ, २६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय १४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै प्रवक्ता गौतमका अनुसार निको हुने संक्रमितको संख्या ४ सय ८८ जना पुगेको छ भने १४ जनाको मृत्यु भएको छ । देशभर ३ हजार २ सय ६० जना आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी, १ लाख ७० हजार ७ सय ३२ जना क्वारेनटाइनमा रहेका छन् ।

त्यस्तै, हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडिटी परीक्षण स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Powered by Blogger.