Header Ads

लकडाउनका बेला नरेश र समीक्षाको स्वरमा ‘माया मारेर’ रिलिज (भिडियो सहित)

काठमाडौं । गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् । गायक खातीले लकडाउनका बेला भए पनि गीत युट्युबबाट रिलिज गरिएको बताए ।

यसअघि ‘मेरी छोरी’ बोलको गीत रिलिज गरेको स्मरण गर्दै भने, ‘माया मारेर बोलको गीत ल्याएको छु, पहिलाकै जस्तै माया पाउँछु भन्ने आशा लिएको छु ।’

गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत ल्याएका थिए । सो गीतले एक करोडभन्दा धेरै भ्यु पाएको थियो । सो गीतबाट खुसी भएका गायक खातीले पुनः अर्को गीत ल्याएका छन् ।

म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।
Powered by Blogger.