उत्तर- दक्षिण कोरिया: दुई देशका सेनाबीच सिमानामा गोली हानाहान
काठमाण्डौ । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ । उत्तर कोरिया र दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान भएको हो ।
दक्षिण कोरियाली सेनाका अनुसार बिहान ७ बजेर ४१ मिनेट (दक्षिण कोरियाली समय अनुसार) मा उत्तर कोरियाको तर्फबाट गोली प्रहार भएको थियो, जुन गोली सीमावर्ती शहर चेरोवनमा रहेको एक दक्षिण कोरियाली सुरक्षा पोस्टमा लागेको थियो ।
गोली हानहान भए पनि कुनै धनजनको क्षति नभएको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सेनाले निकालेको बयानमा भनिएको छ–जबाफमा दक्षिण कोरियाले दुई राउण्ड गोली प्रहार गरेको छ र चेतावनी दिइएको छ ।
किन गोली प्रहार भयो भन्नेबारेमा थाहा भइसकेको छैन । मिलिट्री हटलाइनको माध्यमबाट सम्पर्क गरेर गोली प्रहारको कारण खोज्न प्रयास गरिरहेको ज्वाइन्ट चिफ अफ् स्टाफले बताएको छ ।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सेनाले सिधै दक्षिण कोरियामाथि गोली चलाएको बताइएको छ ।
सन् १९५३ मा कोरियाली युद्धपछि असैन्य क्षेत्र बनाइएको थियो । यो दुई देशको बीच मध्यवर्ती क्षेत्र (बफर जोन) जस्तै छ । पछिल्लो दुई वर्षदेखि दक्षिण कोरिया थ्रुपै सैनिक रहेको क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न कोसिस गरिरहेको छ ।
उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ–इनले सन् २०१८ को सेप्टेम्बर महिनामा प्योङयाङमा भएको वार्तामा सीमामा सैन्य तनाव कम गर्नेतर्फ इसारा गरको थिए ।
झण्डै तीन हप्तापछि किम जोङ उन सार्वजनिक रुपमा देखिएको एक दिनपछि यो घटना भएको हो । उनको अनुपस्थितिमा विश्वभरको सञ्चारमाध्यमले उनको स्वास्थ्यलाई अनुमान लगाएका थिए । एजेन्सीको सहयोगमा