जम्मू–कश्मीरमा सुरक्षाकर्मी र चरमपन्थीबीचकाे भिडन्तमा पाँच जनाकाे ज्यान गयाे
एजेन्सी, २१ बैशाख । जम्मू-कश्मीरको कुपवाडा जिल्लामा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको भिडन्तमा पाँच जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ ।
शनिबार दिउँसोदेखि भएको भिडन्तमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुजसहित पाँच जना सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चरमपन्थीले चांगिमुलको एउटा घरका मानिसलाई कब्जामा लिएको सूचनाका आधारमा उनीहरुलाई रिहा गर्न पुगेको सुरक्षाकर्मीको टोलीमाथि आक्रमण भएकाे खबरमा उल्लेख छ ।
भारतका रक्षा मन्त्री राजनाथ सिंहले झडपमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना दिएका छन् ।
उनले चरमपन्थीले कब्जामा लिएका नागरिकलाई आफ्नो ज्यानको परवाह नगरी रिहा गरेकोमा सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरेका छन् ।