नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको पहिलो घटना
काठमाण्डौ, २१ बैशाख । नेपालमा सात वर्षको बच्चामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो ।
तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।
नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।
नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षका पुरुष गरी १० जनामा आज एकैदिन कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

<