हाम्रा नागरिकले नेपालको कानुन मान्नुपर्छ - चिनियाँ दूतावास
काठमाडौं, २७ वैशाख । नेपालका लागि चिनियाँ राजदूतावासले सिंहदरबारमा आफ्ना देशका नागरिकले गरेको प्रतिकार गलत भएको जनाएको छ ।
नेपालमा रहेका कारण यहाँको कानुन र अवस्थालाई आफ्ना नागरिकले स्वीकार गर्नुपर्ने दूतावासले जनाएको हो ।
घर फर्किन पाउनुपर्ने भन्दै तीन दर्जन चिनियाँ नागरिकले सिंहदरबारमा नारा जुलुस गर्ने क्रममा नेपाल प्रहरीका अधिकारीसहित माथि आक्रमण गरेका थिए ।
सो क्रममा चार जना प्रहरी घाइते भएका थिए भने लाठीचार्जमा दुई चिनियाँ नागरिक घाइते भए ।
यसै सन्दर्भमा चिनियाँ राजदूत होउ यान्छीसँग नेपाल प्रहरीले घटनाका विषयमा कुराकानी गरिसकेको छ ।