भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ
काठमाडौं, २७ वैशाख । भारतले लिपुलेक कालापानीमा सडक बनाएको बिरोधमा भारतीय दूतावास अगाडि प्लेकार्डसहित प्रदर्शन गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रिय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले भारतीय दुतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रर्दशन गरिरहेका थिए ।
लिपुलेक, लिम्पियाधुराका विषयमा विवाद चलिरहेका बेला शुक्रबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले तिब्बतको मान सरोबर जोड्ने सडकको उद्घाटन गरेका थिए ।