नेपालगन्जमा ६० किट मात्रै, शुक्रबार थप नआए परीक्षण रोकिने
नेपालगन्ज, २६ वैशाख । समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।
प्रयोगशाला रहेको भेरी अस्पतालका अनुसार बिहीबार साँझसम्म ६० थान मात्रै किट बाँकी छन् । शुक्रबार थप किट उपलब्ध नभए स्वाब संकलन र परीक्षण रोकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि किट पठाएको थियो । त्यसयता थप किट उपलब्ध गराउन पत्राचार गरिसकेको अस्पतालले जनाएको छ । हालसम्म नेपालगन्ज–८ का २२ र नेपालगन्ज–५ का एक जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रमितको सम्पर्कमा आएका थप व्यक्ति पहिचान गरेर स्वाब संकलन भइरहेको छ ।
अस्पतालमा १ सय ६० सेट पीपीई र ५ सय वटा एन–९५ मास्क मात्रै मौज्दात छ । खजुरास्थित कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी तथा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पनि आवश्यक भएकाले सुरक्षा सामग्रीको समेत अभाव रहेको भेरीका चिकित्सकले बताएका छन् ।
संघीय र प्रदेश सरकारले नेपालगन्ज उपमहानगरलाई पर्याप्त किट नपठाउँदा स्वाब परीक्षणको दायरासमेत बढेको छैन । ‘पीसीआर किट खरिद गर्न पाइएको छैन । विदेशबाट सरकारले किनेर ल्याउने हो,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘चार जनाको टोलीले ट्ेरसिङ गरेकाहरूको स्वाब संकलन गरेर परीक्षण भइरहेको छ । तर, हामीले मागेअनुसार किट आएको छैन ।’
किट अभाव हुन थालेको जानकारीपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले शनिबार साँझसम्म जसरी भए पनि थप किट उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले सुनाए । उनले स्वाब राख्ने भीटीएमको समेत अभाव रहेको जनाए । ‘तत्कालै पाँच सयदेखि एक हजार थान पीसीआर किट आवश्यक छ,’ उनले भने, ‘त्यति भयो भने केही दिन अभाव टर्थ्यो ।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ।