Header Ads

आजको मौसम बिवरण: नेपालमा चार किसिमका वायुको प्रभाव...

काठमाडाैं, २६ वैशाख । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।

पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो  देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू–भागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एक/दुई  स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति  देशको पूर्वी भु–भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा  सामान्यतया सफा रहनेछ।

पूर्वी भू–भागका एक दुइ  स्थानमा  मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
Powered by Blogger.