Header Ads

दसैंका लागि ६६ करोडको खसीबोका

काठमाडौं, १९ भदौं – दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोकारच्यांग्रा भित्रिने भएका छन् ।

खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् ।

 संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ ।उक्त रकमबाट २५ सय खसीबोकारच्यांग्रा (१५ सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ ।

व्य वसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए । उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ ।

 जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

Powered by Blogger.