Header Ads

नेसनल प्रकरणः प्रधानमन्त्रीकै निर्देशन अवज्ञा - national-medical-college

काठमाडौं, १९ भदौं – प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबाहदुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न’ निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषदले अवज्ञा गरेको पाइएको छ ।

 ‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ, तर खनियाँ र कार्यकारी परिषदले स्थगनको मात्र निर्णय गरे,’ आफ्नो निर्देशनको अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री दउवाले आइतबार नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने, ‘तत्काल सम्बन्धन नै खारेज गर्न पुनः निर्देशन दिनेछु नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु ।’ आजको कान्तिपुरमा खबर छ ।

Powered by Blogger.