Header Ads

गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि, ‘घैँटे’को सम्पत्ति हडप्न झण्डै कुटाकुट

बनेपा, ३० भदौ । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटको सम्पत्ति हडप्ने विषयलाई लिएर विवाद भइरहेका बेला ‘काभ्रेली गुन्डा नाइके’ दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा भएको छ ।

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले दशैँका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा ‘गुन्डा नाइके’ लामाको प्रयासमा मन्त्री विश्वकर्मालाई बोलाएको एक कांग्रेस नेताले बताए । मन्त्री विश्वकर्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वाशिला मानिन्छन् ।
 
‘दावा लामाले तरुण दलका नेता महेश खरेललाई दवाव दिएपछि चियापन कार्यक्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई बोलाइएको हो’, काभ्रे कांग्रेसका एकजना जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दावा लामा प्रहरीबाट भएको निगरानीबाट बच्न र मन्त्रीको निकट हुन खोजेका छन् । त्यसैका लागि चाँजोपाँजो मिलाउन मन्त्रीलाई बोलाएर सबै ‘कु’कर्मबाट चोखिने प्रयास भएको छ ।’

चियापान कार्यक्रममा देउवा समूहका नेताहरूलाई मात्रै बोलाइएको थियो । सो कार्यक्रममा दावाले आफ्नो अगाडि पछाडि हिँड्ने पचास जना युवाहरूलाई लगेर मन्त्री विश्वकर्माको स्कर्टिङ समेत गरेको स्रोतको भनाइ छ । सो कार्यक्रमको खर्च र चाँजोपाँजो उनै दावाले मिलाएको ती सदस्यले बताए ।
 
केही महिना अगाडि काठमाडौंको गौरीघाटस्थित एक जिम क्लवमा जाने क्रममा अपरिचत समूहको गोलीबाट घाइते भएका गुन्डा नाइके लामा प्रहरीको उच्च निगरानीमा छन् । दावालाई प्रहरीले पटक-पटक आपराधिक गतिविधिमा संलग्न रहेको भनेर थुनामा राखि सकेको छ । तर, कांग्रेस नेताहरूको पावर लगाएर उनी रिहा हुँदै आएका छन् ।

उपचारपछि केही समय विदेशतिर सयर गरेर काठमाडौं आएका लामाले फेरि दरवारमार्ग, ठमेलसहितका विभिन्न स्थानमा जवरजस्ती चन्दा असुली, ठेक्कापट्टा, अपहरण, गुण्डागर्दी, धम्की जस्ता क्रियाकलापमा संलग्न रहेको उजुरी आउन थालेको महानगरीय प्रहरी टेकुले जनाएको छ ।

‘घैँटे’को सम्पत्ति खान कांग्रेसी नेता र पत्रकारबीच मारामार
प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके ‘घैँटे’ अर्थात कुमार श्रेष्ठको सम्पत्तिमा कांग्रेसी नेता, कांग्रेसी पत्रकार र केही दलालहरूले र्‍याल चुहाएर ववाल मच्चाएको समाचार प्राप्त भएको छ ।

‘घैँटे’को सम्पतिमा कांग्रेसी पत्रकार र नेताहरूले रजाइँ गरिरहेको उच्च प्रहरी स्रोतले जनाएको छ । ‘घैँटेको सम्पत्तिलाई लिएर कांग्रेसी पत्रकार र नेताहरू तथा दलालवीच ठूलो लडाइँ भएको सूचना आएको छ’, महानगरीय प्रहरी स्रोतले भन्यो, ‘के गर्ने त्यो विषयमा अनुसन्धान गर्ने हो भने जागिरको सवाल छ । सबै कुरा थाहा हुँदाहुँदै पनि चुप लागेर बस्नु परेको छ ।’

‘घैँटे’को सम्पत्तिमा कुरा नमिल्दा विवाद भएका समाचार बाहिर आइरहेका छन् । ‘घैँटे’का पक्षमा त्यति बेलै खुलेर आएका कांग्रेस सांसद जगदीश्वर नरसिंह केसी, गगन थापासहितका नेताहरूले बचाउ गरेका थिए । अहिले पनि ती सांसदहरू निकट मानिने पत्रकार र नेताहरूले ‘घैँटे’को सम्पत्तिमा विवाद निकालिरहेको आरोप छ ।
‘घैँटे’को नाममा रहेको ‘गजुरमुखी निमार्ण सेवा’को आयव्ययको हिसाबमा केही समय अगाडि शेयर होल्डरहरूबीच विवाद भइ झण्डै कुटाकुट भएको स्रोतको भनाइ छ ।

सो विवादमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका कांग्रेस निकट एक पत्रकारलाई मार्नेसम्मको धम्की आएको थियो । कुरा मिलाउँदै गर्दा धम्की आएपछि ती पत्रकार बाफलस्थित एक भट्टीपसलबाट पत्रकारको कार्ड देखाएर भागेको स्रोतको भनाइ छ ।
स्रोत / दैनिक नेपाल डट कम
Powered by Blogger.