बुद्ध लामाको घरमा बुद्धसंगै पुग्दा यस्तो देखियो (भिडियो सहित)
बुद्ध लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित छन्।
आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेका थिए । बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए।

स्वागतपछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराईएको थियो । हिजो नेपाल आइडलले आफ्नो कार्यक्रम उत्पादनको लागि उनीलाई पोखराको पर्यटकीय स्थल,फेवाताल शान्ति स्थुपामा लगेर आफ्नो कार्यक्रम उत्पादन गरेको थियो।
बुधबार बिहान बुद्ध लामाको नयाँबजारमा रहेको घरमा पुग्दा सबैको आखामा आशु थिए । आशुहरु कुनै दुखका होइनन खुसिका थिए ।
बुद्ध लामाको बुबा भन्दै हुनुहुन्थ्यो गरिबको छोरा आज तिन करोड नेपालको बुद्ध लामा बनेको छ । यो भन्दा कुनै खुसि आफ्नो बाउलाई कहाँ मिल्छ होला र प्रस्तुत छ । बुद्ध लामाको घरमा बुद्ध संगै पुग्दा यस्तो देखियो।