Header Ads

मिति: वि.सं.२०७३ साल बैशाख०४ गते शनिवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नया सोच र योजनामा अघि बढिने छ |आफुमा भएका असल पक्षलाई सहि प्रयोग गरी अरुको मन जित्न सफल भइने छ |घरमा पनि सुभ कामको थालनी होला |सोच्दै नसोचेको काममा लगानी सम्भव हुने देखिएको छ |कार्य क्षेत्र प्रगतियुक्त रहने देखिएको छ |

... बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशिको लागि आजको दिन बिशेस फलि रहला |घर परिवारमा नया कामको थालनी हुने र शुभ कामको लागि खर्च हुने छ| सबैको हित हुने कामको लागि लामो दुरीको यात्रा सम्भव रहेको छ |अरुलाई गरेको सहयोगको उचित नतिजा पाइने छ |

... मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बिचारमा खरो उत्रिइने छ |अरुलाई सहयोग गर्न पाउदा खुसि मिल्ने छ |बोलिमा मधुरता आउने छ |कामबाट सन्तुस्टी मिल्ने छ |पेशा /व्यवसायमा लाभ हुने छ |कृषि र पशुपालन व्यवसाय फस्टाउने छ |कार्य व्यस्तता बनिरहने छ |मित्रतामा सुधार आउने छ |

... कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आय र व्ययको समान स्थिति प्राप्त हुने छ |सन्तानको कारण खुसि मिल्ने छ |विवादित कुराको टुंगो लाग्ने छ |सिमित कामना पुरा हुने छन् |व्यक्तिगत कामले सार्थक नतिजा दिने छ |भोलिको लागि केहि नया गर्ने सोच सफल हुने छ|मित्रता दिगो हुने छ |

... सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समय उपयुक्त फलि रहेको छ |मित्रता दिगो रुपमा अघि बढ्ने छ |सोखमा अधिक खर्च हुने देखिएको छ |मित्रको भरोशा प्राप्त भएपनि आफ्नै कारण सोचेको काम बिग्रने छ |इच्छा शक्तिको अभावमा हातमा आइ सकेको अवसर नगुम्ला भन्न सकिन्न |

... कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समय केहि उतार चढाव दिने वाला छ |सानो गल्तिको ठुलो मूल्य चुकाउनु पर्ला |परिवारमा झमेलाको स्थिति रहन सक्ने छ |नैतिकताको प्रश्नले आफुलाई तल पर्ने छ |बिचारमा समेत अस्पस्टता आउने छ |भविस्यको चिन्ताले सताउला |

... तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समय अति उत्तम रहेको छ |दिनको सुभारम्भमा नै धेरै राम्रा काम सम्पन्न हुने छन् |कामको उचित जस पाइने छ |सामाजिक विसंगतिको बिरुद्धमा गरिने क्रियाकलप सफल हुने छ |सन्तान मार्गबाट खुसि मिल्ने छ |यात्रा फलिभूत रहला |

... बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक जिम्मेवारी थपिने छ |सिमित कामको लागि अधिक धन व्यय होला |मातृ भुमि प्रति निराश बनिने छ| आफुले गरेको उचित जस समेत नआउदा काम गर्ने जागर मरेर आउला|मित्रता कमजोर बन्ने देखिएको छ |आफन्तमा फाटो आउला|

... धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
 दिन मध्यम र रोचक रहला |कला र साहित्य क्षेत्रका लागि दिन अति उत्तम रहने छ |राजनीतिमा भने हानि होला |दैवीय प्रकोपको सामना गर्नु पर्ने हुने छ |नीति र सिद्धान्त प्रति बफादार बन्दा पनि दोष भने आउने छ |स्वास्थ्य केहि प्रतिकुल रहला |

... मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
भाग्यको साथ पाइने छ |रमणीय स्थान भ्रमण योग रहेको छ |शैक्षिक क्षेत्रमा नसोचेको प्रगति हुने छ |परिक्षा आदिको परिणाम सोचेको भन्दा राम्रो रहने छ |विवादित कुरा किनारा लाग्लान |पुर्खेउली सम्पत्ति सम्बन्धी विवाद सतहमा देखा पर्ने छ |

... कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अरुको लागि केहि राम्रो गर्ने सोच पुरा हुने छ |समाज सेवामा लागे सम्मान पाइने छ |लगानी गरे लगानी बढ्ने छ |कार्य क्षेत्रमा देखिएका बाधा /व्यवधान दुर हुने छन् |धार्मिक कामको लागि पनि समय उत्तम रहने देखिएको छ |यात्रा फलदायी रहला |

... मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन सबै कामको लागि उत्तम रहला |खेल कुद र साहित्य क्षेत्रमा गरेको लगानी बढ्ने छ |घरमा सुभ कामको थालनी हुने छ |सिमित कामनाले तपाइलाई सफल बनाउने छ |इमान्दारिताको कदर हुने छ |स्वास्थ्य सम्बन्धि बाधा दुर होलान |
Powered by Blogger.