Header Ads

चर्चित लोकगायिका रेखा शाहबिरुद्ध प्रहरीले दायर गरेको मुद्धा अदालतद्वारा खारेज

काठमाडौं । चर्चित लोकगायिका रेखा शाहबिरुद्ध प्रहरीले दायर गरेको मुद्धामा काठमाडौं जिल्ला अदालतले ३ महिनापछि खारेज गरिदिएको छ ।

 काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलासले शाह बिरुद्ध गत पुस २७ गते दायर गरिएको मुद्धा खारेज गर्ने निर्णय भएको हो ।

 गायिका शाहले नेपाल प्रहरीले झुटा मुद्धा दायर गरी आफुबिरुद्ध सार्वजनिक बेइजजत गर्ने प्रहरीको कदममा अदालतले रोक लगाइदिएकोमा धन्यबाद दिएकी छन् ।

 अदालतको मुद्धाले आफुलाई केहि राहत पुगेपनि बिनाकारण १० दिनको हिरासत बसाई र त्यसक्रममा अत्यावश्यक औषधिसमेत खान नदिएर दिएको यातनाको क्षतिपूर्तिका लागि मावनअधिकारबादी संस्था र राष्ट्रिय महिला आयोगसँग आग्रह गरेकी छन् ।

 यसअघि जिल्ला अदालत काठमाडौंले पहिलो सुनुवाईमा शाहलाई बिना धरौटी रिहा गर्न आदेश दिएको थियो ।
Powered by Blogger.