Header Ads

शरदको चौकासँगै नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पार्यो

काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ ।

 नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले ।

 उनीहरुले १४.३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो ।

 शरद र विनोदले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका छन् । शरदले अर्धशतक पूरा गरेर नटआउट रहे भने विनोद पनि ४० रनमा नटआउट रहे ।

 नेपाली टोलीका फिनिसरका रुपमा रहेका शरदले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

 ९९ बलमा उनले ३ चौका हानेका थिए ।् त्यस्तै ४९ बलमा ४० रन पूरा गर्ने क्रममा विनोदले ३ छक्का र एक चौका हानेका छन् ।
Powered by Blogger.