बलिउड नायिका परिणीतिको छरितो शरीर यति बेला मिडियाका लागि हटकेक
एजेन्सी । मोटाइ घटाएर सनसनी मच्चाएकी बलिउड नायिका परिणीति चोपडाको छरितो शरीर यति बेला मिडियाका लागि हटकेक बनिरहेको छ ।
अभिनयका कारण फिल्मी करिअरमा उचाइ लिइरहेकी परिणीति अब भने सुन्दर शरीरकै कारण पनि म्यागाजिन ब्लोअपमा छाउन थालेकी छन् । हालै मात्र उनलाई भारतीय म्यागाजिन फिल्मफेयरले कभरका लागि समुद्री किनारमा हट फोटो सुट गराएको छ ।
उक्त फोटो सुट बेला खिचिएका केही फोटाहरू नायिका स्वयंले आफ्नो ट्वीटर ह्यान्डलबाट पोस्ट गरेपछि भाइरल बनेको छ । साताअघि मात्रै पनि परिणीतिलाई भारतकै अर्को म्यागाजिन फेमिनाले पनि कभर स्टोरी बनाएको थियो ।
यति बेला भने ‘शुद्ध देशी रोमान्स’ गर्ललाई फिल्मफेयरले आगामी ‘समर स्पेसल’ अंकको कभर स्टोरीका लागि फिचरिङ गराएको हो ।
लगालग हिट फिल्म दिइरहेका बेला परिणीति एकाएक गायब भएकी थिइन् । पछिल्लो ‘किल दिल’ यताका दुई वर्ष उनका कुनै पनि फिल्म रिलिज भएका छैनन् ।अभिनयका कारण फिल्मी करिअरमा उचाइ लिइरहेकी परिणीति अब भने सुन्दर शरीरकै कारण पनि म्यागाजिन ब्लोअपमा छाउन थालेकी छन् । हालै मात्र उनलाई भारतीय म्यागाजिन फिल्मफेयरले कभरका लागि समुद्री किनारमा हट फोटो सुट गराएको छ ।
उक्त फोटो सुट बेला खिचिएका केही फोटाहरू नायिका स्वयंले आफ्नो ट्वीटर ह्यान्डलबाट पोस्ट गरेपछि भाइरल बनेको छ । साताअघि मात्रै पनि परिणीतिलाई भारतकै अर्को म्यागाजिन फेमिनाले पनि कभर स्टोरी बनाएको थियो ।

तौल घटाएर फिट बनेपछि भने उनले यसै वर्ष ‘मेरी प्यारी बिन्दु’ मा लिड रोलका लागि खेल्न सम्झौता गरिसकेकी छन् । ‘इशकजादे’ बाट नेसनल अवार्ड जितिसकेकी २७ वर्षीया नायिका दुई वर्षपछि आयुष्मान खुरानासँग जोडी जमाउँदै बिन्दुका रूपमा कमब्याक गर्न लागेकी हुन् ।
परिणीतिले कभर फोटो नै टीटमा ‘मेरो सेक्सी विच सुट’ भन्दै फोटोसुट टोलीको प्रशंसामा लेखेकी छन्, ‘यस्तो सायदै कसैले बनाउन सक्छ ।’ सुटमा परिणीतिलाई समुद्रसँग तालमेल मिलाउने गरी नीलो रंगको मेकअप समायोजनमा उतारिएको छ । कान्तिपुर दैनिकबाट
