साउदी उडेको जेट एयर नेपालीका कारण मस्कट ल्यान्ड गराएपछि
काठमाडौं । गत जनवरी ६ मा मुम्बईबाट साउदीको रियाद उडेको जेट एयरको विमान मस्कटमा डाइभर्ट ल्यान्ड गरियो ।
कारण भनियो–पासपोर्ट नम्बर ०८८४२४५०९ का नेपाली यात्रुले विमानभित्र असामान्य गतिविधि देखाए । ती यात्रुलाई ओमानको अलमसरा अस्पताल भर्ना गरियो ।
एयरलाइन्सले मस्कटस्थित नेपाली दूतावासलाई फ्याक्समार्फत त्यसको जानकारी गरायो । कान्तिपुर दैनिकमा समाचार छ ।
‘विपन्न दलित परिवारका उनलाई म्यानपावरले ९५ हजार रुपैयाँ लिएर उडाएको रहेछ, दूतावासका श्रम सहचारी भवनाथ खतिवडाले भने, ‘जब उडे, ऋण सम्झिएर असामान्य अवस्थामा पुगेको हुनुपर्छ । हामीले अस्पतालको बेडमा भेट्दा उनी ९५ हजार भन्दै बर्बराइरहेका थिए ।
दूतावासले निचोड निकाल्यो, ‘झन्डै एक लाख रुपैयाँ खर्च भएको पीडाले उनी विक्षिप्त भएको हुनुपर्छ ।’कारण भनियो–पासपोर्ट नम्बर ०८८४२४५०९ का नेपाली यात्रुले विमानभित्र असामान्य गतिविधि देखाए । ती यात्रुलाई ओमानको अलमसरा अस्पताल भर्ना गरियो ।
एयरलाइन्सले मस्कटस्थित नेपाली दूतावासलाई फ्याक्समार्फत त्यसको जानकारी गरायो । कान्तिपुर दैनिकमा समाचार छ ।
‘विपन्न दलित परिवारका उनलाई म्यानपावरले ९५ हजार रुपैयाँ लिएर उडाएको रहेछ, दूतावासका श्रम सहचारी भवनाथ खतिवडाले भने, ‘जब उडे, ऋण सम्झिएर असामान्य अवस्थामा पुगेको हुनुपर्छ । हामीले अस्पतालको बेडमा भेट्दा उनी ९५ हजार भन्दै बर्बराइरहेका थिए ।

उनलाई पठाउने म्यानपावरलाई खतिवडाले फोन गरेर भने, ‘सरकारले बढीमा १० हजारमा लिनु भनेको छ, तपाईले के आधारमा त्यत्रो पैसा लिनुभयो ?’ उनका अनुसार म्यानपावर एजेन्सी उपचार खर्च बेहोर्न र तिरेको पैसा फिर्ता गर्न तयार भयो ।
सरकारले बढीमा १० हजार रुपैयाँ लिन पाउने गरी वैदेशिक रोजगारमा फ्री भिसा टिकट लागू गरेको छ । तर पैसा उठाउने क्रम रोकिएको छैन ।