Header Ads

मिति: वि.सं.२०७३ साल बैशाख ०६ गते सोमवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक कार्यको लागि समय उपयुक्त रहेको छ |भेट घाट र भलाकुसारीले नया उपलब्धि हात लाग्ने छ |विवादित कुरा मिल्ने छन् |अनायासै धन गुम्न सक्ने योगछ ,सावधान रहनु होला |माया पिरतीमा फसिने छ |रमाइला प्रसंगमा अधिक धन खर्च हुने छ |
...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समय अनुकुल बनेर आएको छ |नसोचेका कुरा पुरा हुने छन् |घर झगडा मिल्ने छ |सामाजिक सदभाव बढ्ने छ |माया पिरतीमा फाइदा हुने छ |रमाइला प्रसंगमा अधिक धन व्यय भएपनि आयका नया अवसर प्राप्त हुनेछन् | बैचारिक रुपमा आफु माथि भइने छ |
...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्राकृतिक विपदको कारण स्वास्थ्य बाधा आइ पर्ला |मेहनत अनुसारको प्रतिफल नआउदा काम गर्ने जागर घट्ने छ |शैक्षिक कार्यमा रुची हुने छ|अरुको भरमा सबै कुरा छोड्दा बनेको पनि बिग्रिएला |मार्गदर्शन गर्ने गर्नेहरुबाट असहयोग होला |चिन्तामा डूबिने छ|
...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सार्थक बिषयमा वहस र छल –फलबाट सहि निस्कर्ष निकालिने छ |अरुलाई अबिस्वास गर्दा महत्वपुर्ण उपलब्धि गुम्न सक्ने छ |शिक्षामा लगानी हुने छ |विवादित बिषयमा आफैले पहल लिनु जरुरि रहेको छ |बैदेसिक काम बन्ने छ |सन्तानको साथ पाइने छ |
...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्ना कमि कमजोरीका बीच पनि मित्रको साथ पाइने छ |सामाजिक र आर्थिक बिषयमा बिशेष लाभ हुने छ |अरुको लागि केहि राम्रो गरेबाट आफुलाई मानसिक शान्ति भएको अनुभूति हुने छ |मार्गदर्शन गर्ने हरुको कारण अफ्ट्यारोमा पनि सहयोग हुने छ |
...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आय आर्जनका स्रोत बढ्ने छन् |कार्य व्यस्तताले गर्दा पारिवारिक रिलेसनमा समस्या आउन सक्ने छ|भेट घाट र भलाकुसारीमा अधिकतम समय व्यतित हुने छ |इमान्दारिताको कदर मिल्ने छ |सानो कुरामा मानसिक चिन्ता हुने छ |
...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रोचक प्रसंगमा खर्च हुनेछ |आत्मियजनसंग भलाकुसारी हुने छ |बिरानो स्थान भ्रमण गर्ने सौभाग्य प्राप्त हुने छ |आफ्ना कमि कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योग छ |मितेरी सम्बन्ध प्रगाढ हुने छ |शैक्षिक क्षेत्रको लागि उचित समय रहेको छ |
...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
इच्छित कामना पुरा होलान |नसोचेका कुरामा खर्च होला | मनमा अशान्तिले स्थान पाउने छ |बोलि र व्यवहारमा एकरुपता नहुदा अरुको आलोचना खेप्नु पर्ने हुने छ|मनमिल्ने साथीको असहयोग होला |बैदेसिक काम सफलहुने छ |
...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सामाजिक काम प्रति रुची हुने छ |व्यक्तिगत कामना अधुरा रहलान |परिवारमा विवाद होला |मानसिक शान्ति भएको अनुभूति हुने छ |प्रगति मार्गमा शुभ समाचार सुन्न पाइने छ |पढाइ /लेखाइ प्रति अरुचि होला |ज्ञान/बिज्ञानमा रुची हुने छ |
...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रमणीय स्थान भ्रमण को योग छ |सभा सम्मेलन आदिमा भाग लिने मौका मिल्ने छ |सामाजिक कार्यमा रुची बढ्ने छ |तपाइको प्रगतिलाई लिएर सबै जना चकित हुने छन् |भाग्यको साथ र आफ्नै मेहनतले नसोचेको काममा राम्रो प्रतिफल आउला|
...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सबैको साथ र भरोशा मिल्ने छ |कार्य क्षेत्रमा देखिएको विवाद अन्त्य भएसंगै केहि नया कामको पनि थालनी हुने छ |छिमेकीको पिडामा आफ्नो पिडा सम्झनु तपाइको महानता झल्किने छ |कला र साहित्य प्रति रुची हुने छ |पारिवारिक जिम्मेवारी बढ्ने छ |
...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
नेत्रीत्वदायी क्षमताले पद प्राप्त हुने छ |आज खासगरी राजनीति र सामाजिक कामको लागि समय उत्तम रहेको छ |घरमा सबैको साथ र समर्थन रहने छ |कार्य कौसलताले गर्दा अरुको मन जितेर काम सफल गरिने छ |सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ |
Powered by Blogger.