साउदी अरबसँगको श्रम सम्झौता अझै अन्योलमा
काठमाडौं । अघिल्लो महिना नै हुने भनिएको साउदी अरबसँगको श्रम सम्झौता अलमलमा परेको छ ।
साउदी सरकाले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि विमाबापतको रकम उपलव्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली अधिकारी दोधारमा परेका आजको नागरिक दैनिकमा समाचार छ ।
श्रम सम्झौता नभए घरेलु कामदारका रुपमा नेपाली महिला साउदी जान पाउने, नपाउने विषयमा पनि अन्योल पर्नेछ । गत जेठमा ल्याइएको घरेलु कामदार सम्बन्धी निर्देशिकामा श्रम सम्झौता नगरी कुने पनि मुलुकमा घरेलु कामदार पठाउन नपाइने उल्लेख छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले साउदी अधिकारी नेपाली पक्षले राखेका तलब बृद्धि लगायतका माग पूरा गर्न सहमत भएपनि मुस्लिम कानुनअनुसार कामदारको मृत्यु वा अंगभंग हुँदा रोजगारदाताले विमाको रकम दिन नसकिने जानकारी गराएपछि श्रम सम्झौता गर्न अन्योल सिर्जना भएको बताए ।