Header Ads

मिति: वि.सं.२०७३ साल बैशाख ०७ गते मंगलवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नया सोच र योजनामा अघि बढिने छ |आफुमा भएका असल पक्षलाई सहि प्रयोग गरी अरुको मन जित्न सफल भइने छ |घरमा पनि सुभ कामको थालनी होला |सोच्दै नसोचेको काममा लगानी सम्भव हुने देखिएको छ |कार्य क्षेत्र प्रगतियुक्त रहने देखिएको छ |
...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशिको लागि आजको दिन बिशेस फलि रहला |घर परिवारमा नया कामको थालनी हुने र शुभ कामको लागि खर्च हुने छ| सबैको हित हुने कामको लागि लामो दुरीको यात्रा सम्भव रहेको छ |अरुलाई गरेको सहयोगको उचित नतिजा पाइने छ |बिचारमा खरो उत्रिइने छ |
...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईको आज धेरै शुभ कामको लागि उत्तम रहेको छ |सोचेका धेरैजसो कामना पुरा हुने छ |मित्रको व्यवहारको कारण भने असन्तुस्ट बन्ने बेला छ |सामाजिक उत्तरदायित्व बोध हुने छ |बैदेसिक कामको लागि राम्रो वातावरण बन्ने छ |ख्याल-ख्यालमा काम बन्ने छ |
...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामाजिक काममा लागे मान बढ्ने छ |व्यक्तिगत काममा लागे कामना पुरा हुने छ |हितैसीजन काम आउने छन्|दिनको मध्यबाट केहि असमझदारी बढ्ने छ |आफ्नो कारण परिवारले दुख पाउला |निराशाजनक कुराले गर्दा अघि बढ्न मन लाग्ने छैन |
...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाइको आज बैदेसिक कामना पुरा हुने छन् |प्रदेसशको बाश होला |प्रगति मार्गमा केहि रुकावट आउलान |नसोचेको कामको लागि लगानी होला |माया पिरतीमा फसिने छ |व्यक्तिगत कामको सिलसिलामा यात्रा सम्भव रहेको छ |बोलीको कारण हुने ब्यपार फस्टाउला |
...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विवादित कुराको लागि अघि नबढेको राम्रो ,विवाद अरु बल्झने खतरा रहने छ |भोलिको लागि सोच्ने बेला आएको छ |कार्य क्षेत्रमा आएका बाधा /ब्यवधान दुर हुने छन् |शिक्षा क्षेत्रमा गरेको लगानी ब्यर्थ जाने छैन |केहि गहन विषयका लागि तर्क बितर्क हुने छ |
...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समयलाई ख्याल नगरी गरेको कामले प्रतिफल राम्रो दिने छैन |परिवारमा विवाद बनिरहने छ |अरुलाई दोषारोपण गरेर कुनै पनि काम सफल हुने छैन |मातृभूमि प्रति केहि गर्ने शंकल्पमा लागिने छ|मित्रता गहिरो गरी अनुभूति गर्न सकिने समय छ |
...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्य क्षेत्रको विवाद अरु बल्झन सक्छ |हित चाहदा चाहदै पनि अरुको आँखाको तगारो बन्ने बेला छ |घरमा ब्यर्थका कुरामा विवाद निम्तन सक्ने छ |रमाइलो अनुभूतिको लागि धन व्यय गरिने छ|गाडी वाहन शुख भोगिने छ |पति पत्नीको झगडा मिल्ने छ|
...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सहि समयमा गरेको सहि निर्णयले तपाइलाई राम्रो प्रतिफल दिने छ | बैदेसिक काममा गरेको लगानी ब्यर्थ जाने छ |स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने छ |आफ्नाहरुको असहयोग होला |आपसी विवादले गर्दा बनेको पनि बिग्रने खतरा जिवितै रहेको छ |
...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आजको लागि यात्रा बिशेष रहने छ |राजनीतिको लागि पनि मध्यम दिन रहेको छ |आर्थिक पक्ष मजबुत होला |पारिवारिक झमेलाले गर्दा सोचेको काम पनि पुरा गर्न गाह्रो हुने छ |माया पिरतीमा धोखा खानु पर्ला |अचानक गरेको निर्णय भने सहि हुने छ |
...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बनिसकेको काम अन्तिममा बिग्रदा काम गर्ने जागर मरेर आउने छ|शिक्षामा गरेको लगानी ब्यर्थ जाने छैन |हातमा आइ सकेको अवसर नगुमोस भन्ने तर्फ सजग हुनु होला |रमणीय स्थान भ्रमण योग रहेको छ |अरुको भलो चाहदा आफ्नु चै बिग्रने खतरा छ |
...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सिमित कामको लागि अधिक मेहनत गर्नु पर्ला |बैदेसिक काम बन्ने छ |प्राकृतिक बिपदाको अन्त्य हुने छ |न्यायिक काममा लाभ हुने छ |मित्रको व्यवहारले असन्तुस्ट बनिएला |भोलिको लागि सोच राखेर गरेको काममा व्यवधान आउला |सभा सम्मेलनमा भाग लिने मौका छ |
Powered by Blogger.