मिति: वि.सं.२०७३ साल बैशाख ०३ गते शुक्रवार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरुको भरमा मात्र सबै काम छोड्नाले बनेको पनि बिग्रने छ|आफु प्रति अबिस्वास हुनु कार्य असफलताको कारण बन्ने छ |इमान्दारिताको कदर हुने छ |रमाइला प्रसंगमा रम्न मन लाग्ने छ |जीविकोपार्जनका स्रोतपत्ता लाग्ने छन् |पढाइमा रुची हुने छ|
... बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) दिन सुखद रहने छ |बोलि वचनले अरुलाइ आकर्षण गर्न सफल भइने छ| आर्थिक कारोवार सफलहुने छ |साना कुरामा अल्झदा ठुलो कुरा पछी पर्न स्क्दछ |बोलि र व्यवहारले अरुलाई रुझाउना नसक्दा मित्रको साथ काम लाग्ने छ |सिमित कामना पुरा हुने छन् |
... मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) विवेकको कारण अरुलाई आकर्षण गर्न सफल भइने छ|सन्तान मार्गबाट सुभ समाचार सुन्न पाइने छ |प्राकृतिक सुन्दरतामा रम्न मन लाग्ने छ |अरुको दुखले दुखि भइने छ |सामाजिक कामको लागि उत्तम दिन रहेकोछ |घरमा मांगलिक काम सम्पन्न हुने छन् |
... कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बोलीको कारण विवादमा परिने भय रहेको छ |सामाजिक बिषयले सार्थकता पाउने छ |आर्थिक बिषयमा लगानी होला |बिचार नपुर्याई बोल्दा आलोचित हुनु पर्ने छ |हातमा आइ सकेको अवसर गुम्दा चिन्ता बढ्ने छ |आफुलाई पर्दा सहयोग पाइने छ |
... सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) आफ्ना कमजोरी उपर टेकेर नाजायज फाईदा लिनेवाट सावधान रहनु होला |माया /प्रेममा धोका हुने छ |आर्थिक हानि हुने छ |ब्यापार घाटा हुने देखिएको छ |मितेरी सम्बन्धमा अबिस्वास बढ्ने छ |गुमेको धन भने पाइने छ |स्वस्थ्य लाभ होला |
... कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) सोचेका कामना पुरा होलान |सामन्य विवादमा परिएला |झगडाको कारण आफै बनिने छ |सोचेका कामाना पुरा होलान |बोलिको कारण विवादमा परिएला |सामाजिक बिषय प्रति तपाइको ध्यान जाने छ |सन्तान लाभ हुने छ|भोलिको लागि सोचेर चिन्तित भइने छ|
... तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आनन्दित कामको लागि खर्च हुने छ|तपाइको कला र साहित्य प्रतिको लगावले मित्रलाई पनि आकर्षित गर्ने छ |भोलिको लागि नया सोच राखेर गरिने काम बन्ने छन् |परिवारमा झमेला आइ पर्ला |व्यक्तिगत चिन्ताले सताउने छ |नसोचेको काम बन्ने छ |
... बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) बिचारले तपाइँलाइ अग्रणी बनाउने छ |कार्य व्यस्तताको बीचपनि सामाजिक काममा लागि रहिने योग छ|भोलिको लागि केहि संचित गर्नु पर्ने देखिएको छ |तपाइको भावना संग सहमत हुनेहरुको संख्या बढ्ने छ |खेल कुद र कलाकारितामा रम्न मन लाग्ने छ |
... धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) भाग्यको साथ रहने छ |परिक्षा आदिमा नसोचेको परिणाम प्राप्त हुने छ |बैदेसिक काम बन्नेछ |तपाइको बिचार संग असहमत हुनेहरु बढ्ने छन् |मानसिक असान्ती हुने छ |केहि सामाजिक कामको लागि लगानी हुने छ | ब्यापार बाट लाभ हुने छ |
... मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सिमित कामना पुरा हुने छ |बैदेसिक कामको लागि समय उपयुक्त रहेको छ |आर्थिक बिषयले निरन्तरता पाउने छ |विवादित भूमिको कारोवार मिल्ने छ |इमान्दार प्रयासले सफलता दिने छ |अध्ययन /अध्यापनमा रुचि बढ्ने छ |कार्य क्षेत्र सफल हुने छ |
... कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आर्थिक गतिबिधिमा बाधा आउने छ |हातमा आइ सकेको अवसर गुम्ने भएकोले सोचेर मात्र काम गर्नु उपयुक्त हुने छ |अरुको कुरामा भन्दा आफ्नो कुरामा अडिग रहे लाभ होला |मितेरी सम्बन्धले सार्थकता पाउने छ |गुमेको धन हात लाग्ने छ |
... मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अरुको लागि सोच राख्दा आफ्नो काम बिग्रने भय बन्ने छ |आफ्ना निकटका मित्रको असहयोग रहने छ |प्राकृतिक बिपदाको सामना गरिएला |ब्यापारमा गरेको लगानी ब्यर्थ जाने देखिएको छ |लामो संघर्ष पस्चात मात्र सफलता पाइने योग रहेको छ |

