निलम्बित सांसदकी श्रीमति रंगिला साह अनसनमा
जनकपुरधाम । सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं निलम्बित सांसद संजय साहकी श्रीमति रंगिला साह आमरण अनसनमा बसेकी छन् ।
नेता साह विगत ११ दिनदेखि प्रहरी हिरासतमै आमरण अनसनमा रहेकोले स्वास्थ्य अवस्था विग्रिदै गएको छ । श्रीमानको समर्थनमा बुधबारदेखि रिले अनसनमा बसेकी रंगिला साह विहीबारदेखि आमरण अनसनमा बसेकी छन् ।
यता आमरण अनसन बस्न जिल्ला प्रशासन कार्यालय पुगेकी साहसहितको परिवारमाथि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिबाट साहको परिवारजनलाई बल प्रयोग गरी हटाइएको साहका भाई डा।रामकुमार साहले बताए ।
उनले लोकतन्त्रमा आमरण अनसन गर्न दिने अधिकार पनि राज्यले खोसेको आरोप लगाए । साहकी श्रीमति अहिले जनक चौकमा आमरण अनसनमा बसेकी छन् । उनीहरुले नेता साहमाथि न्यायिक छानविन हुनु पर्नेसहितका माग राखी अनसनमा छन् ।
source-newsabhiyan