भारतले अघोषित नाकाबन्दी लगाएको नेपाल सरकारको निष्कर्ष
काठमाडौं । भारतले खण्डन गर्दै आए पनि उसले नेपालको आपुर्ति व्यवस्थामा अघोषित नाकाबन्दी लगाएको निष्कर्षमा सरकार पुगेको छ । तीन दिनदेखि आपुर्ति प्रणालीमा भएको गतिविधि र तथ्यांकको अध्ययनबाट नेपाल सरकार यस्तो निष्कर्षमा पुगेको हो । कान्तिपुर दैनिकमा खबर छ
नेपालजस्तो भूपरिबेष्ठित देशका लागि विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतले आपुर्ति व्यवस्थामा नाकाबन्दी गर्नुलाई नेपाल सरकारले गम्भीर रुपमा लिंदै यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारीसमेत थालेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले आपुर्ति व्यवस्थाबारे बुझ्न शुक्रबार साँझ बोलाएको मन्त्रीहरुको छलफलमा भारत सरकारले अघोषित रुपमा लगाएको नाकाबन्दीको घटनालाई आपुर्ति प्रणालीसँग सम्बद्ध अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई सरकारले औपचारिक रुपमा पत्र पठाएर जानकारी गराउने तयारी गरेको हो ।
कानुन तथा शान्ति मन्त्री नरहरि आचार्यले तीन दिनयताको आपुर्ति व्यवस्थालाई हेर्दा अघोषित नाकाबन्दी होइन भनेर भन्न नमिल्ने अवस्थामा सरकार पुगेको बताए ।