Header Ads

झण्डा प्रकरणले मोर्चामा यस्तो फाटो ...

काठमाडौं । मधेसी मोर्चाका आन्दोलनका क्रममा इटहरीमा चिनियाँ झन्डा जलाइएपछि त्यसले मधेसी नेताहरुबीच फाटो ल्याउनुका साथै राष्ट्रिय तहमा पनि आलोचना निम्त्याएको छ ।

मोर्चाको बैठकमा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसका लागि चीनसँग माफी माग्नुपर्ने अडान राखेका थिए । बुधबार राजविराजमा बसेको मोर्चा बैठकमा यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच झन्डा जलाइएको प्रकरणमा चर्काचर्की परेको थियो । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
 यादव पक्षले चिनियाँ झन्डा जलाउने मोर्चाका कार्यकर्तालाई राज्यले छानबिन गरी कारवाही गर्नुपर्ने बताएको छ भने महतो पक्षले संविधानको चीनले स्वागत गरेको आक्रोशमा जनसमुदायबाट भएको कार्य जायज रहेकाले धेै विवाद जरुरी नभएको दाबी गरेको छ ।

 मोर्चा बैठकपछि बुधबार जारी वक्तव्यमा चिनियाँ झन्डा जलाउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य आन्दोलनको नीतिविपरीत रहेको उल्लेख थियो । मोर्चाका एक नेताले भने,‘ कुनै पनि मित्रराष्ट्रको झन्डा जलाउने र त्यहाँका नागरिकमाथी अमर्यादित व्यवहार आन्दोलनको उद्देश्य हुनै सक्दैन ।

आन्दोलनको एकमात्र उद्देश्य प्रमुख तीन दलको एकपक्षीय रुपमा जारी गरेको संविधानको विरोध गर्नुमात्र हो ।’ मेर्चामा संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी छन् ।
Powered by Blogger.