Header Ads

सुतेकै ठाउँमा एक नेपालीको मलेसियामा मृत्यु

मलेसिया । रोजगारीका लागि मलेसिया आएका एक नेपालीको ज्यान गएको छ । रोजगारीका लागि मलेसिया आएका भोजपुरको दोभाने–७ तेन्दोका नन्दराज राईको सुतेकै ठाउँमा ज्यान गएको हो ।

 ३७ वर्षका राईको गएको मंगलबार ज्यान गएको राईसँगै काम गर्ने रेवस विष्टले जानकारी दिनुभयो ।

 क्वालालम्पुर स्थित जनाल आम्पाङको एक होटलमा क्लिनरको रुपमा कार्यरत राई बिहान अबेरसम्म पनि काममा नआएपछि कोठामा हेर्दा मृत अवस्थामा भेटिएको विष्टले बताउनुभयो ।

 ६ महिना अघि मलेसिया आएका राईको शव पोष्टमार्टमका लागि क्वालालम्पुरकै अस्पतालमा राखिएको छ ।
Powered by Blogger.