असुरक्षित यौनसम्पर्कले पटक पटक गर्भपतन, प्रत्यक्ष असर महिलाको स्वास्थ्यमा देखिने
इलाम । स्वास्थ्थसंस्था पुगेर गर्भपतन गराउने महिलाहरुले दोस्रो पल्ट पनि अनिश्छित गर्भधारण गर्ने गरेको पाइएको छ । नागरिक दैनिकमा समाचार छ ।
असुरक्षित यौनसम्र्पक गर्दा उनीहरु फेरि अनिश्छित गर्भ बोक्न बाध्य भएका हुन् । पहिलोपल्ट गर्भपतन गरेपछि असुरक्षित यौनसम्पर्क गर्दा उनीहरु फेरि अनिच्छित गर्भ बोक्न बाध्य भएका हुन्।
यौनसम्पर्कका बेला गर्भनिरोधका अस्थायी र स्थायी साधन प्रयोगमा मन नलगाउँदा धेरै महिलाले दोहोर्याएर गर्भपतन गरिरहेका छन्। सरकारी तथा निजी क्षेत्रबाट गर्भपतन सुविधा गाउँ गाउँ विस्तार भइसक्दासमेत इलाम र पा"चथरका ३० प्रतिशत महिला त्यसरी रहेको गर्भ पतन नगराएको पाइएको छ।

आइपास नेपालको सहयोगमा सेवा विस्तार भएका केन्द्रहरुको तथ्यांक अनुसार जिल्ला अस्पताल पुगेका सेवाग्राहीले पनि गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ। तर, जिल्ला अस्पताल पाँचथरबाट सेवा लिनेमध्ये १५ प्रतिशतले मात्रै गर्भ निरोधक साधन प्रयोग गर्ने गरेको देखिएको छ।
त्यहा"को अस्पतालमा तीन सय ९८ जनाले गर्भपतन गराएकोमा ६० जनाले मात्रै गर्भनिरोधक साधन प्रयोग गरेका छन्। एकपल्ट गर्भपतन गराएपछि यौनसम्पर्क गर्दा गर्भनिरोधक साधन प्रयोग नगर्ने स्थिति कायम रहेकाले यस्तो तथ्यांक आएको हो।
उक्त अस्पतालकी स्टाफ नर्स लक्ष्मी जोशी एकपल्ट गर्भपतन गराएका सेवाग्राहीले सुरक्षित यौनसम्पर्क गरी अनिच्छित गर्भप्रति सचेत नभएको बताउ"छिन्। त्यसको प्रत्यक्ष असर महिलाको स्वास्थ्यमा देखिने गरेको छ।