Header Ads

डा. केसी सातौंपटक अनशनमा : यसकारण अनशन बस्नुपर्‍यो : केसी

काठमाडौं । आफूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी सातौँपटक अनशन बसेका छन् । शनिबार अपराह्न ५ बजेदेखि उनले अस्पताल परिसरमा पुन: अनशन सुरु गरेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

डा. केसी यसअघि गत ७ देखि २० भदौसम्म छैटौँपटक अनशन बसेका थिए । छैटौँ अनशन तोडाउने क्रममा आफूसँग गरिएका ११ बुँदे सम्झौताविरुद्ध हुने गरी सरकारले निर्णय गरेपछि आफूसँग अनशन सुरु गर्नुको विकल्प नभएको उनले बताए । सरकारले भने डा. केसीसँगको सम्झौता कार्यान्वयनका लागि भन्दै गत बुधबार सामाजिक समितिको बैठक र शुक्रबार मन्त्रिपरिषद् बैठकमार्फत केही निर्णय गरेको थियो ।

शुक्रबारको बैठकले शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग, अनियमितता छानबिन गर्ने समिति, शुल्क निर्धारणलगायतका विषयमा निर्णय गरेको थियो । डा. केसीले ती निर्णयहरू सम्झौताअनुरूप नभएको भन्दै आपत्ति जनाएका छन् ।

‘मैले शिक्षामन्त्रीलाई कारबाही गर्न माग गरेको छु, तर सरकारले उसैको अध्यक्षतामा आयोग गठन गरेको छ, सम्झौतामा शुल्कको विषयमा स्पष्ट भएको थियो, आशयपत्र लिइसकेका प्रस्तावित नयाँ मेडिकल कलेजहरूको नवीकरण नगर्ने भन्ने बुँदामा पनि सरकारको अल्मल्याउने र सम्झौता तुहाउने आशयको निर्णय भएको देखिन्छ ।

त्यसैले म अनसन बसेको हुँ ।’ उनले माथेमा आयोगले प्रधानमन्त्री अध्यक्ष रहने गरी आयोग गठन गर्ने सुझाव दिए पनि सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा गठन गर्ने निर्णय गरेर आफूलाई झुक्याएको बताए । आयोगका उपाध्यक्ष आईओएमका प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् । तर, डा. केसीले आयोगका कतिपय पदाधिकारीहरू राजनीतिक रूपमा क्रियाशील र विवादास्पद भएको तथा उनीहरूले गर्ने निर्णय निष्पक्ष नहुने आरोप लगाए ।

उनले उपाध्यक्ष कार्यकारी भनिए पनि अधिकार भने प्रशासनिक कार्यसञ्चालनका लागि मात्रै भएको दाबी गरे । गत २० भदौमा अनसन तोडेका डा.केसीले दुई दिनपछि नै सम्झौता उल्लंघन भएको भन्दै २५ भदौबाट अनसन बस्ने बताएका थिए । पछि सरकारले पत्र पठाएपछि ३१ भदौसम्म अनसनको मिति सारेका थिए ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकको गरेको निर्णय सच्याउन उनले २४ घन्टे अल्टिमेटम दिएका थिए । तर, सरकारको तर्फबाट कुनै रेस्पोन्स नआएपछि डा. केसीले शनिबार अपराह्नदेखि केसीले अनसन सुरु गरेका हुन् ।

सरकार संविधान घोषणा गर्ने काममा व्यस्त भएको र त्यसपछि सरकारसमेत परिर्तन हुने थाहा हुँदाहुँदै पनि आफू अनसन बसेको डा.केसीले बताए । ‘धेरैले भनेका पनि थिए, म आफैले पनि बुझेको छु, तर अहिले छोड्दा सरकारले सम्झौता थप उल्लघंन गर्ने पक्का छ ।

यसकारण अनशन बस्नुपर्‍यो : केसी

‘मैले शिक्षामन्त्रीलाई कारबाही गर्न माग गरेको छु, तर सरकारले उसैको अध्यक्षतामा आयोग गठन गरेको छ, सम्झौतामा शुल्कको विषयमा स्पष्ट भएको थियो, आशयपत्र लिइसकेका प्रस्तावित नयाँ मेडिकल कलेजहरूको नवीकरण नगर्ने भन्ने बुँदामा पनि सरकारको अलमल्याउने र सम्झौता तुहाउने आशयको निर्णय भएको देखिन्छ । त्यसैले म अनशन बसेको हुँ ।’
Powered by Blogger.