Header Ads

आज नयाँ संविधान : झकिझकाउ पारियो संविधानसभा, ५ बजे राष्ट्रपतिले जारी गर्ने

काठमाडौं । संघीय गणतन्त्र नेपालको नयाँ संविधान आइतबार जारी हुँदै छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्न लागेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ   ।

संविधानसभाले पारित गरेको संविधानका पाँच प्रतिमा सभासद्हरूले हस्ताक्षर गरी सभाध्यक्षले प्रमाणीकरण गरेसँगै संविधान निर्माण प्रक्रिया शुक्रबारदेखि सकिएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आइतबार अपराह्न ५ बजे राष्ट्रपति यादवले जारी गरेपछि लागू हुने र पुरानो अन्तरिम संविधान स्वत: खारेज हुने संवैधानिक व्यवस्था छ ।

तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३७ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् । संविधानसभाले पाँच प्रति संविधान नेपाली कागजमा मुद्रण गरेको छ । राष्ट्रपति यादवले नेपाली कागजमा मुद्रण गरिएको संविधान जारी गरेपछि पाँचमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयमा दुई कपी रहनेछन् ।

संविधानको प्रकाशित प्रतिको अन्तिम पृष्ठमा राखिएको ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ भन्ने विवरणमा हस्ताक्षर गरी राष्ट्रपतिले जारी गर्नेछन् ।

सिँगारियो संविधानसभा भवन
संविधानसभा भवन बेहुलीझौ सिागारिएको छ । मूलगेटदेखि भित्रसम्म ध्वजा–पताका लगाइएका छन् । भवनको अग्रभागमा रहेका ८१ वटा फलामका अग्ला खम्बामा राष्ट्रिय झन्डा फहराइएको छ । अतिथि आउने–जाने बाटोमा रंगीचंगी फूल भएका गमला राखिएका छन् । सभामुख र राष्ट्रपति बस्ने ड्यास आइतबार मात्रै सजाइने सचिवालयले जनाएको छ ।
संविधान जारी गर्ने व्यहोरा
राष्ट्रपतिले संविधानसभाले तयार गरेको व्यहोरा पढेर संविधान जारी भएको घोषणा गर्नेछन् । राष्ट्रपतिले पढ्ने व्यहोरा यस्तो छ– ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’
राष्ट्रपति आउने कार्यक्रमको रिहर्सल
संविधान घोषणा गर्न आउने राष्ट्रपति डा. रामवरण यादवलाई स्वागत गर्ने कार्यक्रमको शनिबार संविधानसभामा रिहर्सल गरियो । बबरमहलबाट उनलाई रिसल्लासहित संविधानसभामा ल्याइनेछ । राष्ट्रपति यादवलाई सभामुख सुवास नेम्वाङ र महासचिव मनोहरप्रसाद भट्टराईले मूलढोकामा स्वागत गर्दै बैठक कक्षमा लैजानेछन् । नक्कली राष्ट्रपति बनाएर यी सबै कार्यक्रमको शनिबार रिहर्सल गरियो।
असन्तुष्ट सभासद्लाई हस्ताक्षर गर्न समय
संविधान निर्माणको प्रक्रियाप्रति असन्तुष्टि जनाउादै बाहिरिएका सभासद्ले संविधान जारी गर्नु अघिसम्म हस्ताक्षर गर्ने मौका पाउने भएका छन् । असन्तुष्ट भएर वा विशेष कारणले शुक्रबारको हस्ताक्षर समारोहमा सहभागी हुन नसकेका सभासद्हरूलाई हस्ताक्षर गर्ने मौका दिइने सभामुख सुवास नेम्वाङले बताए ।
‘अनुपस्थित दल र सभासद्हरूले आइतबार संविधान जारी गर्नुभन्दा अघि संविधानमा हस्ताक्षर गर्न पाउनुहुन्छ, संविधानसभालाई यहाासम्म ल्याइपुर्‍याउन उहााहरूले खेलेको भूमिका र बगाएको पसिनाको परिणाम भएकाले अन्तिम अवस्थामा भए पनि स्वामित्व ग्रहण गर्न म आग्रह गर्दछु,’ नेम्वाङले भने ।

Powered by Blogger.