Header Ads

भारतले तत्काल नाकाबन्दी नलगाएपनि व्यवहार त्यस्तै रहने

काठमाडौं । भारतीय विदेश मन्त्रालयमा भएका दुवै देशका राजदूतसहित कूटनीतिक अधिकारीको परामर्श बैठकमा भारतीय अधिकारीले विहारमा आसन्न राज्यसभा चुुनावका कारण सीमावर्ती क्षेत्रको तनाव र हिंसात्मक गतिविधिबारे स्वभाविक चिन्ता लिएको भन्दै सीमा क्षेत्र आवागनमा केही कडाइ भएको हुन सक्ने बताएका छन् ।

तर यसो भन्दैमा तत्कालै नाकाबन्दी गरिहाल्ने सोचाई छैन ती अधिकारीले भने, स्थिति अहिलेजस्तै असहज रहेमा सीमा क्षेत्रमा थप निगरानी रहनेसमाचार कान्तिपुर दैनिकले छापेको छ ।

 बिहारका जोगवनी र रक्सौल नाकामा मंगलबार देखिएको तनाव र आवागनमा भएको अवरोधबारे बुझेर मात्रै बोल्न सकिने भन्दै ती अधिकारीले विहार चुनावका कारण सीमा सशस्त्र बलको निगरानी बढेको हुन सक्ने प्रतिक्रिया दिए ।
Powered by Blogger.