Header Ads

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने, जनकपुर फर्कने वातावरण मिलाइदिनुस्

काठमाडाैं । राष्ट्रपति रामवरण यादवले मधेसमा भइरहेको आन्दोलन र असन्तुष्टिलाई सम्बोधन गर्न मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।

 बन्द/हडतालका कारण मधेसका लाखौं नेपालीले दिनहुँ पीडा र अप्ठ्यारो भोगिरहनुपरेकाले ‘आफैं गएर जनताको कुरा सुन्न’ र समस्या समाधान गर्न उनले कोइरालालाई आग्रह गरे । कान्तिपुर दैनिकमा समाचार छ ।

 ‘मलाई घर फर्कने वातावरण मिलाइदिनुहोस्,’ दुई मन्त्रीसहित शीतल निवास पुगेका कोइरालालाई यादवले भनेका थिए, ‘नयाँ संविधानअनुसार शीतल निवासमा म बस्ने भनेको एक महिना हो ।

म त जनकपुर फर्कनै पर्छ । त्यो वातावरण छैन ।’ मधेसमा भइरहेको अशान्ति र जनताले पाएको दु:खलाई जनकपुरको उदाहरण दिएर राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई समस्या बुझाउन खोजेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए ।
Powered by Blogger.