Header Ads

इजरायल जान चाहनेले अहिले प्रशिक्षण नलिनुहोला : अनुमतिबिना केयर गिभर प्रशिक्षण

काठमाडौं । वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले इजरायल जान चाहने कामदारलाई केयर गिभरको प्रशिक्षण दिन अनुमति नदिएको प्रष्ट्याएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

 इजरायल जान चाहने कामदारलाई लक्षित गरी केयर गिभर तालिम दिने भन्दै प्रशिक्षण केन्द्रहरुले सूचना प्रवाह गरिरहेका बेला बोर्डले यस्तो जनाएको हो ।

 इजरायल जान कामदारलाई केयर गिभरको प्रशिक्षण दिने अनुमति कसैलाई दिइएको छैन् बोर्डका कार्यकारी निर्दैशक रघुराज काफ्लेले भने पत्रपत्रिकामा विज्ञापन छापिएको देखे ।

 इजरायल जान चाहनेले अहिले प्रशिक्षण नलिनुहोला । कसैलाई पैसा पनि नबुझाउनुहोला ।

Powered by Blogger.