बाँदरले कोठामा सुतिरहेकी बालिकालाई हत्या गरेपछि …
एजेन्सी । भारतको राजस्थानस्थित रसीदपुरा गाउँमा एउटा बाँदरले मानिसको हत्या गरेको छ ।
बाँदरले दुई वर्षीया बालिकाको हत्या गरेको हो ।
घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो । प्रहरीका अनुसार योगेश्वरी प्रजापत नाम गरेकी ती बालिकालाई कोठामा सुताएर आमा खाना पकाउन भान्छामा गएकी थिइन् ।
घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो । प्रहरीका अनुसार योगेश्वरी प्रजापत नाम गरेकी ती बालिकालाई कोठामा सुताएर आमा खाना पकाउन भान्छामा गएकी थिइन् ।

ढोका खोलेर भित्र पसेको बाँदरले योगेश्वरीलाई बोकेर पानी ट्यांकीमा लगेर खसालेको हो । परिवारका सदस्यले बालिकालाई तत्काल उद्धार गरी महुवास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा लगेका थिए जहाँ चिकित्सकले बालिकालाई मृत घोषित गरेका थिए ।
बालिकाका पिता राजेशकुमारका अनुसार रसीदपुरा र आसपासका क्षेत्रमा केही दिनदेखि बाँदरले आतंक नै मच्चाएका थिए ।