डान्सरको पैसामा एआइजी र एसएसपीको झगडा !
काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ गरेको डीएसपीको सरुवाप्रति सरुवामा पर्ने पनि सन्तुष्ट हुन सकेका छैनन् ।
आफूले चाहेको ठाउँमा सरुवा हुन प्रधानमन्त्री सुशील कोइरालादेखि गृहमन्त्री वामदेव गौतमसम्मलाई भनेका थिए ।
तर कसैले पनि भनेजस्तो स्थानमा सरुवा हुन पाएनन् । एक वर्ष अवधि पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख महानगरीय प्रहरी कार्यालयका प्रमुखहरुको सरुवाका लागि गृहमन्त्रीले आइजीपी उपेन्द्रकान्त अर्याललाई थोरै नाम मात्र टिपाएका थिए । तर गृहमन्त्रीले दिएको नामलाई प्रहरी प्रधान कार्यालयले सरुवामा हटाउन सकेन ।
अवदेश विष्ट, आभुषण तिमल्सेना, आइजीपीको लिस्टबाट गृहमन्त्रीकै कारण हटे । आइजीपी आफ्नो ठानेकामध्ये अजय केसीलाई दोलखाबाट प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा ल्याइएको छ भने त्यहाँ बेलबहादुर पाण्डेलाई पठाइएको छ ।
उनलाई एमाले सभासदहरुले लगेका हुन् ।तर कसैले पनि भनेजस्तो स्थानमा सरुवा हुन पाएनन् । एक वर्ष अवधि पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख महानगरीय प्रहरी कार्यालयका प्रमुखहरुको सरुवाका लागि गृहमन्त्रीले आइजीपी उपेन्द्रकान्त अर्याललाई थोरै नाम मात्र टिपाएका थिए । तर गृहमन्त्रीले दिएको नामलाई प्रहरी प्रधान कार्यालयले सरुवामा हटाउन सकेन ।

सिन्धुपाल्चोकबाट दीपकराज खरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरी उनको स्थानमा विश्व अधिकारी पठाइएको छ । त्यसैगरी विमल कँडेल महानगरीय प्रहरी वृत्त स्वयम्भु, भीम दहाललाई झापा, कुमोध ढुंगेललाई मोरङ, कृष्ण कोइराला पाँचथर, राकेश सिंहलाई तनहुँ, श्यामकुमार महतो उजुरी छानविन शाखा पठाइएको छ । अब चाँडै ८ सयभन्दा बढी प्रहरी निरीक्षकको सरुवाको तयारी भइरहेको छ ।
एआइजी र एसएसपीको लफडा
एसएसपी उत्तम कार्की र एआईजी विज्ञानराज शर्माबीच लफडा परेको छ । दुईबीच डान्सबारमा छापा हान्ने विषयलाई लिएर विवाद बढेको हो । परिसरलाई थाहै नदिई आयुक्त कार्यालयले डान्सबारहरुमा छापा हानेपछि एआईजी शर्मा र एसएसपी कार्कीबीच तिक्तता बढेको हो । आयुक्त कार्यलयले यसै साता दरबारमार्ग, ठमेल, बानेश्वर र चाबाहिलका विभिन्न डान्सबारहरुमा छापा मारेको थियो । आजको तरुण साप्ताहिकमा समाचार छ ।
