Header Ads

सर त ड्याम्म ढल्नुभयो, उहाँको मुखमा, टाउकोमा हान्दै थिए, ज्यान जोगाउन म भागेँ

काठमाडौं । म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन ।

घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो । सर त ड्याम्म ढल्नुभयो। उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागेँ।

टीकापुर घटनामा घाइते भएका सुरक्षाकर्मी मानबहादुर बुढामगरको भनाई छ। बढो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमाण्डको टोली टीकापुर नगरपालिका ६ शंकरपुर आसपास खटिएको थियो।
प्रहरी निरीक्षकसहित १२ जनाको टोली निःशस्त्र लठ्ठी बोकेर परिचालित रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर ५०० मिटर धकेलेपछि सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो भनेको सुन्दै थिए ।

 त्यतीबेला एसएसपी साप,सशस्त्रका एसपी लक्ष्मण सिंहसँगै हुनुहुन्थ्यो केहीबेरको सल्लाहपछि दुबै एकै पिकअपमा चढ्नुभयो। अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रको एसपी साप पछाडिको वाटनमा सशस्त्रका थप १६–१७ जान शंकरपुरमा मुभ भयो। त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू थिए।

झन्डै ५ हजारभन्दा बढी। पिकअप भीड नजिकै रोकियो। त्यसको पछाडि कभर वाटनमा सशस्त्र थियो । त्यसमा एसएलआर बोकेका ६–७ जना सशस्त्र प्रहरी थिए।

एसएसपी साप् ओर्लनुभयो अनभीडलाई सम्झाउन मात्र के सुरू गर्नुभएको थियो, भीडले सी आकारमा प्रहरीलाई घेरा हाल्यो। उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रहेछ।
Powered by Blogger.