राती १२ बजेर ५१ मिनेटमा फेरी भूकम्पको धक्का, सर्बसाधारण त्रसित
काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर राती १२ बजेर ५१ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको परकम्प भएको छ ।
हिजो दिउँसो नै हुम्ला केन्द्र भएर ४.१ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । मध्यरातमा भएको परकम्पको काठमाडौंमा पनि महशुस गरिएको थियो ।
हिजो दिउँसो नै हुम्ला केन्द्र भएर ४.१ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो । मध्यरातमा भएको परकम्पको काठमाडौंमा पनि महशुस गरिएको थियो ।

गत बैशाखमा गएको भूकम्पको धक्कापछि त्यसको परकम्प आउने क्रम अझै रोकिएको छैन् । यसअघि शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।
वैशाखको शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूड र सो भन्दामाथिका करिब ३ सय ८० वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।