आन्दोलनका क्रममा आत्मरक्षाका लागि प्रहरीलाई गोली हान्ने अधिकार
काठमाडौं । कैलालीको टीकापुर घटनापछि प्रहरी प्रधान कार्यालयले आत्मरक्षाका लागि गोली हान्न सर्कुलर जारी गरेको छ।
निर्देशनमा भनिएको छ, ‘आत्मरक्षाका लागि गोली हान्न नहिचकिचाउने ।’
तर, गृह मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको आन्दोलनबारे अरू केही रणनीति भने बनाएको छैन । गृह मन्त्रालयमा दैनिक शान्तिसुरक्षाका विषयमा छलफल हुने गरे पनि नयाँ सुरक्षा रणनीति नबनाएको स्रोतले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
यसअघि गृह मन्त्रालयले संयमता अपनाउन पटक–पटक निर्देशन दिएको थियो। तर, संयम भएर आन्दोलनकारीलाई सम्झाउन खोज्दा सोमबार टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको हत्या भएको थियो।तर, गृह मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको आन्दोलनबारे अरू केही रणनीति भने बनाएको छैन । गृह मन्त्रालयमा दैनिक शान्तिसुरक्षाका विषयमा छलफल हुने गरे पनि नयाँ सुरक्षा रणनीति नबनाएको स्रोतले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

टीकापुर घटनापछि तराईका प्रहरी कार्यालयमा त्रास बढेको छ। केही ठाउँका प्रहरी पोस्ट धमाधम सार्ने काम भइरहेको छ। तराईका सबै जिल्लामा नेपाल प्रहरीतर्फ सात सयदेखि एक हजारजना तथा सशस्त्र प्रहरी बलतर्फ करिब पाँच सयको संख्यामा खटिँदै आएका छन् ।
बढी समस्या भएका जिल्लामा भने नेपाल प्रहरीको संख्या बढाउँदै लगिएको छ । सीमा सुरक्षा कार्यालय र गणबाट मात्र नौ हजार ९० सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। तत्काल तराईमा थप फौज खटाउनेबारे योजना नरहेको सशस्त्रले जनाएको छ।
