Header Ads

पूर्वराजा बीरेन्द्रको देशभरका ६ स्थानमा भएको जग्गा भाडामा दिइने

काठमाडौ । नेपाल ट्रष्टको कार्यालयले तत्कालिन राजा वीरेन्द्रका राजधानी लगायत देशभरका ६ स्थानमा भएको जग्गा भाडामा दिने निर्णय भएको छ ।

ट्रष्टको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले भाडामा दिने निर्णय गरेको हो । दरबारमार्गस्थित ट्रष्टको कार्यालयमा रहेको भवन, ठमेल, कमलादी, ताहाचल, चितवन, हेटौंडामा रहेको दरबार र सो क्षेत्रले ओगटेको क्षेत्र लिजमा दिने भएको नेपाल समाचारपत्रमा खबर छ ।

 ट्रष्टका प्रमुख एवम् कामु सचिव केदारबहादुर अधिकारीले ट्रष्ट सञ्चालक समितिको सैद्धान्तिक सहमतिपछि ६ स्थानको दरबार र त्यसले चर्चेको सम्पूर्ण क्षेत्र भाडामा दिने तयारी रहेको बताए । उनले खुला प्रतिष्पर्धाबाट भाडाका लागि आहृवान गर्ने तयारी गरेको र केही महिनाभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए ।

करिब ३० वर्षसम्मको लागि भाडामा दिन लागिएको जग्गामा भाडामा लिने स्वयंले आफूले बनाउन चाहेको संरचनाको नक्सासमेत पेश गर्नुपर्ने भएको छ ।

अधिकारीले चितवनमा रहेको दियालो बंगलाले चर्चेको ९३ बिगाहा जग्गा र दरबारको ट्रष्ट कार्यालयले संरक्षणसहितको योजना बनाएपछि भाडामा दिने बताए ।

भाडामा दिएपछि ती जग्गामा रहेका दरबार भत्काइनेछ । भाडामा दिन लागिएको जग्गामध्ये ठमेलमा सात आनामा बनेको भवन, हेटौंडामा रहेको रानी दरबारको दुई बिगाहा, दरबारमार्गस्थित ट्रष्टको कार्यालय रहेको २ रोपनी, तहाचलमा ७ रोपनी र कमलादीमा २ रोपनी रहेकेा प्रमुख अधिकारीले बताए ।
Powered by Blogger.