‘जुनी जुनी…’ बोलको गीतमा लण्डनको ब्रिजमा अन्जु नाचेपछि !
सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन्, गाउन सक्दैनन् ।
कोही मिठो गाउँछन्, सुन्दर लाग्दैनन् ।
तर आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अञ्जु पन्तको हकमा भने यो विपरित छ । उनमा आवाज मात्र होइन सौन्दर्यको पनि कमी नरहेको प्रमाणित भएको छ एउटा म्युजिक भिडियोमा ।
तर आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अञ्जु पन्तको हकमा भने यो विपरित छ । उनमा आवाज मात्र होइन सौन्दर्यको पनि कमी नरहेको प्रमाणित भएको छ एउटा म्युजिक भिडियोमा ।

सांगीतिक क्षेत्रमा उनको आवाजको जादू चल्नेवित्तिकै उनलाई फिल्मको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अञ्जुले सबै प्रस्तावहरुलाई अस्वीकार गरिरहेकी थिइन् ।
तर अहिले आएर उनलाई आफैले गाएको एउटा गीत यति मन परेछ, त्यो गीतको भिडियोमा आफैले मोडलिङ गरिन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
केही समय अगाडि कार्यक्रमका सिलसिलामा लण्डन आएकी अञ्जुले त्यही बेला ‘जुनी जुनी…’ बोलको गीतमा मोडलिङ गरेकी हुन् ।