Header Ads

स्वच्छ छविका भनिएका गगन थापाद्वारा घैटैंको ‘इन्काउन्टर’ छानबिन गर्न माग

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापासहितका तीन सभासदले मानव अधिकार आयोगका पदाधिकारीलाई भेटी गुन्डा नाइके कुमार घैंटेको प्रहरीको इन्काउटरमा मारिएको घटनाको छानबिन गर्न माग गरेका छन्।

 थापा, सभासदद्वय जगदीशनरसिंह केसी र भीमसेनदास प्रधानले आइतबार आयोगको कार्यालय पुगी सामान्य जीवनयापनमा फर्कन चाहेका घैंटेसित इन्काउन्टर भएको भनिएको घटना हेर्दा प्रहरीले गैरकानुनी हत्या नै गरेको हुन सक्ने देखिएको उल्लेख गर्दै छानबिन गर्न माग गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।

 हत्या भएको प्रमाणित भए सम्बन्धित प्रहरी अधिकारीलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

 कांग्रेस सभासदद्वय प्रधान र कौसर साहले संसद बैठकमा नै घैंटेको इन्काउन्टरका नाममा हत्या भएको भन्दै दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठाएका थिए ।
Powered by Blogger.