Header Ads

एयरबस उडाउन अब ८ पाइलट : मासिक २३ लाख खर्चेर २ पाइलट ल्याइदै

काठमाडौं । नयाँ जहाज खरिद गरेपछि पाइलट अभाव झेल्दै आएको नेपाल वायु सेवा निगमले २ विदेशी पाइलट ल्याउने भएको छ।

 गत साता हङकङको जेट क्रु कम्पनीका २ पाइलट ल्याउन सहमति भएको खबर आजको कारोबारमा खबर छापिएको छ। निगमले उनीहरूलाई मासिक प्रतिव्यक्ति ११ हजार डलर अर्थात ११ लाख ४८ हजार रूपैयाँ दिनेगरी ल्याउन लागेको हो।

नेपाली पाइलटले मासिक ४ देखि पाँच लाख रूपैयाँ सम्म कमाउँछन्। निगमले दुई पाइलटलाई ६ महिनासम्म करारमा राख्ने र पछि आवश्यकता अनुसार पुनः नविकरण गर्नेछ।

 निगमले एयरबस कम्पनीका दुईवटा ए ३२० जहाज उडान गर्ने कमाण्डर चालक नभएकाले विदेशीलाई करारमा लिन लागेको हो।
Powered by Blogger.