सामसुङले ल्यायो मध्यम मूल्यका ग्यालेक्सी जे ५ र जे ७ स्मार्टफोन
काठमाडौं । कोरियाली स्मार्टफोन निर्माता सामसुङले ‘मिड रेन्ज प्राइस सेगमेन्ट’का दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।
सामसुङले आइतबारदेखि जे सेरिजका स्मार्टफोनहरु- ‘ग्यालेक्सी जे ५’ र ‘ग्यालेक्सी जे ७’ बिक्रि वितरण सुरु गरेको छ । नेपाली बजारमा जे ५ को मूल्य २१ हजार ९ सय रुपैयाँ छ भने जे ७ को मूल्य २५ हजार ९ सय पर्छ ।
पछिल्लो समयमा २० देखि ३० हजारसम्मको प्राइस रेन्जमा बजार बढेको भए पनि सामसुङको उपस्थीति कमजोर थियो । त्यही सेगमेन्टमा बलियो पकड जमाउने उदेश्यसहित सामसुङले एकसाथ दुईवटा सेट लिएर आएको छ ।

‘नयाँ सेटहरुमा हामीले जेजस्ता फिचर ग्राहकलाई दिएका छौं यो प्राइस सेगमेन्टका अन्य फोनहरुमा त्यो उपलब्ध छैन’ सामसुङ मोबाइलका नेपाल प्रतिनिधि प्रणयरत्न स्थापितले भने-‘एकसाथ दुईवटा छनौट अबसरसहित हामीले ग्राहकलाई स्मार्टफोन प्रयोगको सम्झौताहिन अनुभव लिने अवसरसमेत दिएका छौं ।’
सामसुङले दुवै फोनमा शक्तिशाली फिचरहरु उपलब्ध गराएको छ । कतिपय फिचर यस्ता छन जो हालसम्म उच्च मूल्यका फोनमा मात्र उपलब्ध थिए । यी दुवै फोनमा सुपर एमोलेड डिस्प्ले, अल्ट्रा पावर सेभिङ मोड, इजी मोड र मल्टिटास्क पर्फमेन्स लगायतका सुविधा छन् ।
यदि तपाई सामसुङ लोयल ग्राहक हुनुहुन्छ भने तपाईले यसअघि यही मूल्यमा किनेका सामसुङ सेटभन्दा यी दुई सेटमा निकै एडभान्स फिचर पाउनुहुनेछ ।