Header Ads

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै

काठमाडौं । नेपालले १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बंगलादेशको सिल्हेतमा नेपाली समयअनुसार बेलुका पौने सात बजेपछि सुरु हुनेछ । शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १–० ले हराउँदै नेपाल समुह बीको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको छ । भारत भने समुह एको उपविजेता बन्दै सेमिफाइनलमा आएको हो । नेपाल र भारतबीचको खेल अघि पहिलो सेमिफाइनलमा अफगानिस्तानले आयोजक बंगादेशको सामना गर्नेछ ।

बंगलादेश समुह एको विजेता बन्दै सेमिफाइनलमा आएको हो भने अफगानिस्तान समुह बीको उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेश र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो साढे दुई बजे सिल्हेतमै हुनेछ ।

नेपाल सन् २०११ मा काठमाडौंमा भएको १६ वर्ष मुनिको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो भने दोस्रो संस्करणमा दोस्रो भएको थियो ।
Powered by Blogger.