गृहमन्त्री गौतमले एक कार्यक्रममा प्रहरीले स्याउ चोरेको प्रसंग सुनाएपछी
काठमाडौं । गृहमन्त्री वामदेव गौतम र नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालबीच ‘भुसको आगो’झैँ सल्किएको द्वन्द्व सतहमा आएको छ ।
अनुशासनको कमी रहेको भन्दै शुक्रबार फेरि एकपटक प्रहरीकै कार्यक्रममा गौतमले प्रहरी नेतृत्वको चर्को आलोचना गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने सरकारको निर्णयमा प्रहरीले मिडियाबाजी गरेर आफूलाई बदनाम गरेको भन्दै गृहमन्त्री गौतमले प्रहरी नेतृत्वको आलोचना गरे ।
‘कि सशस्त्रलाई सेनाजस्तै ब्यारेकभित्रै राख्नुपर्यो, शान्ति सुरक्षामा खटाएपछि पक्राउ पुर्जी नदिई पक्राउ गर्न नमिल्ने अन्तर्राष्ट्रिय प्रचलन छ, त्यसैलाई वैधानिकता दिइएको हो, ठूलो विषय नै होइन,’ प्रहरी तालिमको दीक्षान्त कार्यक्रममा गौतमले भने ।
सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार दिनुमा कानुन मन्त्रालयको धेरै चासो रहेको गौतमले बताए । त्यसले नेपाल प्रहरीको अधिकार कटौती नभएको दाबी पनि उनले गरे ।
‘मलाई पनि प्रहरीले पक्राउ गर्दा २४ दिन थुनेपछि २५औँ दिनमा मात्र पक्राउ पुर्जी दिइएको थियो, अब यस्तो नहोस् भनेर मात्र सशस्त्रलाई सूचना दिएर पक्राउ गर्ने कानुन बनाइएको हो, यसले नेपाल प्रहरीलाई केही असर गर्दैन,’ गौतमले भने ।
सशस्त्रको नियमावली संशोधन गर्दा आइजिपी उपेन्द्रकान्त अर्यालसँग समेत छलफल गरेको, तर पछि अनावश्यक विवाद झिकिएको गृहमन्त्री गौतमले बताए ।
सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिएकोमा नेपाल प्रहरीले विरोध जनाउँदै सच्याउन राजनीतिक लबिङ गर्दै आएको छ ।अनुशासनको कमी रहेको भन्दै शुक्रबार फेरि एकपटक प्रहरीकै कार्यक्रममा गौतमले प्रहरी नेतृत्वको चर्को आलोचना गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने सरकारको निर्णयमा प्रहरीले मिडियाबाजी गरेर आफूलाई बदनाम गरेको भन्दै गृहमन्त्री गौतमले प्रहरी नेतृत्वको आलोचना गरे ।
‘कि सशस्त्रलाई सेनाजस्तै ब्यारेकभित्रै राख्नुपर्यो, शान्ति सुरक्षामा खटाएपछि पक्राउ पुर्जी नदिई पक्राउ गर्न नमिल्ने अन्तर्राष्ट्रिय प्रचलन छ, त्यसैलाई वैधानिकता दिइएको हो, ठूलो विषय नै होइन,’ प्रहरी तालिमको दीक्षान्त कार्यक्रममा गौतमले भने ।
सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार दिनुमा कानुन मन्त्रालयको धेरै चासो रहेको गौतमले बताए । त्यसले नेपाल प्रहरीको अधिकार कटौती नभएको दाबी पनि उनले गरे ।
‘मलाई पनि प्रहरीले पक्राउ गर्दा २४ दिन थुनेपछि २५औँ दिनमा मात्र पक्राउ पुर्जी दिइएको थियो, अब यस्तो नहोस् भनेर मात्र सशस्त्रलाई सूचना दिएर पक्राउ गर्ने कानुन बनाइएको हो, यसले नेपाल प्रहरीलाई केही असर गर्दैन,’ गौतमले भने ।
सशस्त्रको नियमावली संशोधन गर्दा आइजिपी उपेन्द्रकान्त अर्यालसँग समेत छलफल गरेको, तर पछि अनावश्यक विवाद झिकिएको गृहमन्त्री गौतमले बताए ।

यस्तो छः प्रहरीले स्याउ चोरेको प्रसंग ...
प्रहरीको दीक्षान्त कार्यक्रममा गृहमन्त्री गौतमले कुनै वेला प्रहरीले आफ्ना लागि आएको फलफूलसमेत चोरेर खाएको बताए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा प्रहरीले सबै ठूला नेतालाई पक्राउ गरी तालिमकेन्द्रमा थुनेको थियो ।
थुनामा रहेका वेला आफन्तहरूले ल्याइदिएको फलफूल गार्ड बस्ने प्रहरीले आधा चोरेर खाइदिने गरेको उनले कार्यक्रममा सुनाए । प्रहरीमा अनुशासन अभावका कारण त्यस्तो समस्या रहेको गौतमले बताए । प्रहरीको तलब सुविधा राम्रो भएपछि संगठनमा सुधार गर्न सकिने उनको भनाइ थियो ।